२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा

अ+ अ-

काठमाडौँ । तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् । 

विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति रहेका जानकारी दिए । जिल्लामा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बरामलगायतका जातजाति गणनाका क्रममा पहिचान भएको उनले बताए । 

तनहुँको कूल जनसङ्ख्या तीन लाख २१ हजार एक सय ५३ छ । यसमा महिला एक लाख ७१ हजार ५९ र पुरुष एक लाख ५० हजार ९४ रहेका छन् । सबैभन्दा बढी मगरको सङ्ख्या रहेको छ । तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार छ सय ३९, क्षेत्री ३६ हजार आठ सय ३३, ब्राह्मण ३६ हजार छ सय ७२ र गुरुङ  ३५ हजार एक सय ८४ रहेका छन् । 

सबैभन्दा कम राजपूतको जनसङ्ख्या नौ रहेको छ । त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसङ्ख्या १५ रहेको बस्यालले जानकारी दिए ।  

तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन् । सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन्  । 

छ पालिकाको जनसङ्ख्या ऋणात्मक

सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस ०.६५, भिमाद नगरपालिकाको माइनस ०.६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसङ्ख्या छ । 

यस्तै शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ । आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुरमा १८ हजार पाँच सय ३२, भानुमा ४२ हजार सात सय ९४, भिमादमा २९ हजार दुई सय ४८, व्यासमा ७८ हजार नौ सय ३९, देवघाटमा १४ हजार पाँच सय ८४, घिरिङमा १४ हजार तीन सय ३४, म्याग्देमा २३ हजार पाँच सय ७८, ऋषिङमा १७ हजार नौ सय १८ र शुक्लागण्डकीमा ५५ हजार छ सय २० जनसङ्ख्या रहेको छ । 

तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गरे ।