१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानीखोलामा ‘नि:शुल्क अनिवार्य शिक्षा’ लागू

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा नि:शुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सात वटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई नि:शुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ ।

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्‍याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएका छन् । कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका ७२ बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याइएको हो ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणाका लागि शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडास्तरमा शिक्षाको युनिट परिचालन गरिएकाले अब सबै विद्यालयको शिक्षा निःशुल्क हुने जनाइएको छ ।

नेपालको संविधानमा शिक्षालाई मौलिक हक र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क पाउने प्रावधानअनुरूप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका यही असार पहिलो साता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको छ । सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ ।

अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम लिन पाउने छैनन् ।

यसबीच जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा चालु शैक्षिकसत्रदेखि तामाङ भाषामा शिक्षण थालिएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नभएको जनाउँदै तामाङ भाषामा अध्यापन गराउन थालेको हो ।

तामाङ समुदायका बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि भएकाले तामाङ भाषामा समेत शिक्षा प्रदान गर्न थालेको गाउँपालिका अध्यक्ष थिङले बताए । उनका अनुसार हाल गाउँपालिकाले कक्षा १ देखि ८ सम्म तामाङ भाषाको पठनपाठन सुरु गरेको हो ।

गाउँपालिकाले भने सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य बनाएको छैन । इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको अध्यक्ष थिङले बताए ।

हालसम्म १९ विद्यालयमा तामाङ भाषामा अध्यापन गराउन थालिएको जनाइएको छ । उक्त गाउँपालिकामा माध्यमिक तहको आठ, आधारभूत विद्यालय चार, १ देखि ३ कक्षा र १ देखि ५ कक्षासम्मका २६ विद्यालय छन् । गाउँपालिकामा निजी विद्यालय सञ्चालनमा छैन ।

प्रतिक्रिया दिनुहोस