२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद वाग्लेले भने-राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष राजस्व सङ्कलनको सरकारको लक्ष्य आधारहीन देखिएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप उनले लगाए । असार १८ गतेसम्म आठ खर्ब ६६ अर्ब रुपैयाँ मात्र राजस्व उठाए पनि सरकारले नौ खर्ब उठाएको भन्दै गलत तथ्याङ्क दिएको उनले जिकिर गरे ।

एक महिनाअघि मात्र अर्थ मन्त्रालयले बजेटमार्फत ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै उनले अब आर्थिक वर्षका बाँकी १२ दिनमा केही चमत्कार नहुने बताए ।

नेपालको औसत राजस्व सङ्कलन तीन अर्ब रहेको भन्दै घटाएको संशोधित अनुमानलाई हेर्दा अब दैनिक २६ अर्ब उठाउनुपर्ने बाध्यता सरकारसामु रहेको उनले उल्लेख गरे ।

“असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठेको छ । नौ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा १,१८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजस्व सङ्कलन तीन अर्बजति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ,” उनले भने, “सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ?”

उनले थपे, “असार १८ गतेसम्म अनुदानमा पनि चार अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिनाअघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । पाँच अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वसनीयतामा प्रश्न उठाउँछ । अर्को १२ दिनमा के हुँदै छ ? के आधारमा सरकारले लक्ष्य राख्यो ?”