१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेद्वारा सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

अ+ अ-

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको आइतबार निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मुख्यमन्त्री पाण्डेले अहिले भइरहेकोभन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिएका छन् ।

अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य बिरामीमा संक्रमण हुन नदिन विशेष ध्यान दिन उनले सुझाव दिए । ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने ।

‘अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलोका लागि र्‍याम्प निर्माण भएको भए पनि लिफ्ट नहुँदा समस्या हुने गरेको अस्पतालका डाक्टर विकास गौचनले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए । बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी छ । र्‍याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्ने रहेछ’, डाक्टर गौचनले मुख्यमन्त्रीसँग भने ।

मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्थालगायतका बारेमा जानकारी लिएका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका डाक्टर विकास गौचनलगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलासिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

सरुवा तथा सङ्क्रामक रोग लागेका बिरामीलाई छुट्टै आइसोलेट गरेर मात्रै अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए ।

प्रतिक्रिया दिनुहोस