काठमाडौँ । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज (शुक्रबार) पाकिस्तान ए सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो ।
आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।
नेपालको सम्भावित प्लेईङ-११
कुशल भुर्तेल, अर्जुन साउद(विकेट किपर), देव खनाल, रोहित कुमार पौडेल(कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, प्रतिस जि.सी, किशोर महतो, मौसम ढकाल र सूर्य तामाङ