काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरूले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् ।
सहमति पत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखिल क्रान्तिकारी (विप्लव) संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले हस्ताक्षर गरेका छन् ।
