काठमाडौँ । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्दैछ ।
पि सारा ओभल कोलोम्बोमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
भारत ए सँगको पछिल्लो खेलमा टोलीमा रहेका चार खेलाडी परिवर्तन गरिएको छ । भिम सार्कीको स्था
नमा सन्दीप जोरा तथा आसिफ शेखको स्थानमा अर्जुन साउदले मौका पाएका छन् ।
सोमपाल कामीको स्थानमा प्रतिश जि.सी तथा ललित नारायण राजवंशीको स्थानमा श्याम ढकालले मौका पाएका छन्।
समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।
यस प्रतियोगितामा ६ टोली सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।