९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भित्र एउटा बाहिर अर्को कुरा गर्ने प्रवृत्ति रोकियो : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ ।  अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समितिको बैठक लाइभ हुनाले जनतामा यथार्थ कुरा गएको बताएका छन् । विगतमा केही नेताहरुले बैठकमा एउटा कुरा भएपनि बाहिर निस्केर आफू अनुकूलको अर्को कुरा बोलिदिनाले यथार्थ कुरा बाहिर नगएको उनको संकेत थियो । 

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए ।

उनले विगतमा भित्र एउटा र बाहिर अर्को कुरा हुने प्रवृत्ति रहेकामा लाइभका कारण सो कार्य रोकिएको दाबी गरे ।  उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए । 

महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरू बलियो हुनेकुरा केन्द्रीय समितिको बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए । 

 पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए । 

उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’ 

यस्तै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पु¥याउनुपर्ने बताए ।  दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताए । 

नेता नैनसिंह महरले कोशी सरकारको नामाकरण र पछिल्लो कोशी प्रदेश सरकार निर्माणको विषयमा उठेका प्रश्नको उत्तर खोज्नुपर्ने कुरा आफूले समितिमा उठाएको बताए ।

प्रतिक्रिया दिनुहोस