९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कार्यालय सिरहाको राजस्व २० प्रतिशतले वृद्धि

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०७९-८० मा सिरहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले २० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक कार्यालय प्रमुख मीनबहादुर बस्नेतले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु. तीन करोड ८४ लाख पाँच सय रहेको छ भने आर्थिक अघिल्लो वर्षमा रु तीन करोड १७ लाख ६२ हजार पाँच सय मात्र रहेको थियो । यो रकम अघिल्लो आवको तुलनामा रु ६६ लाख ३८ हजारले बढी हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार ट्राफिक प्रहरीले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

“अघिल्लो वर्षको तुलनामा गत वर्ष हामीले सवारी साधनको नियमित जाँच, कारबाही र अनुगमन बढाइएकाले यो राजस्व सङ्कलन गर्न सफल भएका हौँ”, बस्नेतले भन्नुभयो, “आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हामीले ट्राफिक सचेतनाका कार्यक्रम गत वर्षमा बढी नै गरेकाले सवारी दुर्घटनामा पनि कमी आउने अपेक्षा गरेका छौँ ।”

ट्राफिक कार्यालयका अनुसार गत आवमा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने ५९ हजार चार सय ३५ सवारी साधनमाथि कारबाही गरिएको छ । त्यसैगरी छ सय ७८ सवारी दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक जनचेतनाका कूल पाँच सय २७ कार्यक्रम गरिएका छन् जुन अघिल्लो आवको तुलनामा दुई सय प्रतिशतभन्दा बढी रहेको छ । 

प्रतिक्रिया दिनुहोस