१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेले उठाए अर्थ सचिव र प्रहरी प्रमुखमाथि प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ ।

नेकपा एमालेका सांसदहरूको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राखे ।

‘संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरू राख्न चाहन्छु’, रास्वपा सभापति रवि लामिछानेले सञ्चारकर्मीहरूसँग भने ।

उनले मङ्गलवारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको भनेर प्रश्न गरे ।

उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले अगाडि भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरूको संलग्नता छ कि छैन भन्ने शङ्काको विषय भयो ।’

सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शङ्का नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरूलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भने, ‘भन्सारको सिङ्गो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिङ्गो सेट, प्रहरी प्रमुखदेखि सिङ्गो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला र ?’

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस