काठमाडौँ । एकल महिला र उनीहरूका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोग (क्यान्सर) को उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने भएको छ।
उक्त विषयमा आज अस्पताल र मानवअधिकारका लागि महिला, एकल महिला समूहबीच समझदारी भएको हो । समूहको केन्द्रीय कार्यालय, बुढानीलकण्ठमा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गरे सो समूहमा करिब ८० हजार सदस्य छन् ।
सम्झौताबमोजिम रेडियोलोजी, ल्याबोरोटरी, शय्या, स्वास्थ्य हेरचाह र निरोगी कार्यक्रममा १० प्रतिशत र रेडिएसन थेरापी र किमोका लागि पाँच प्रतिशत छुट दिइनेछ नेपाल सरकारले जटिल रोगको शल्यक्रियाका लागि रु एक लाखसम्म अनुदान पनि दिँदै आएको छ







