काठमाडौँ । काँग्रेस सांसद डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरिएको आरोप लगाएको छ ।
आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै शर्माको सचिवालयले आपत्ति जनाएको हो ।
सांसद शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रूरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ।’
सम्बन्धित समाचार : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ
सम्बन्धित समाचार : सांसद सुनिल शर्मापछि थप दुई जना डाक्टर पक्राउ
सम्बन्धित समाचार : सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि मात्रै काँग्रेसले धारणा बनाउने
सम्बन्धित समाचार : प्रहरीले सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी गराउँदै
सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ
