२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

अ+ अ-

काठमाडौँ । स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । 

सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

“जिल्लामा गर्भवती तथा सुत्केरीमा जटिल प्रकृतिका समस्या देखिए उपयुक्त स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर छैन”, नगरप्रमुख खाणले भने, “गर्भवती तथा सुत्केरीलाई पाल्पा, पोखरा तथा बुटवल लैजानुपर्ने भएमा जो सुकैले निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्नसक्ने छन्, स्वास्थ्य संवेदनशील विषय भएका कारण सर्वसुलभ सेवा दिनु नगरपालिकाको उत्तरदायी हो, नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेसँगै यो कार्यक्रमलाई अगाडि बढाएको हौँ ।” 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले निःशुल्क एम्बुलेन्स सेवा लिन अनिवार्य चापकोट नगर अस्पतालको सिफारिस आवश्यक पर्ने बताए । उनले चापकोटका बर्थिङ सेन्टरबाट सुत्केरी अन्यत्र पठाउनुपर्ने भएमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए ।

पौडेलले निकट भविष्यमा चापकोटलाई पोषणमैत्री नगरपालिका बनाउने योजनासहित काम गरिरहेको बताए । हाल नगरपालिकाले निःशुल्क क्याल्सियम वितरण, खोप, परिवार नियोजनलगायतका काम विशेष प्राथमिकताका साथ गरिरहेको  पौडेलको भनाइ छ ।

नगरपालिकामा एम्बुलेन्स नहुँदा धेरै गर्भवती, सुत्केरी तथा बिरामीले समस्या भोग्नुपरेको पूर्ववडासदस्य पूर्णिमा परियारले बताए । उनले नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएपछि धेरैको अकालमा ज्यान जानबाट जोगिने बताए । नगरपालिकाले गर्भवती र सुत्केरीका लागि प्रदान गर्ने निःशुल्क एम्बुलेन्स सेवाले आफूहरूलाई अत्यन्त खुसी बनाएको परियारको भनाइ छ ।

नगर उपप्रमुख इशा रानाले नगरपालिकाले दिएको निःशुल्क एम्बुलेन्स सेवालाई भरपुर सदुपयोग गरेर सम्भावित जोखिमबाट बच्न आग्रह गरे । उनले पालिकाभित्र रहेका हरेक गर्भवतीलाई नियमित जाँच र स्वास्थ्यकर्मीको परामर्शमा रहेर स्वस्थ बच्चा जन्माउन सुझाइदिए । घर परिवारका अन्य सदस्यले गर्भवती र सुत्केरीको विशेष हेरचाह गरेर असल अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।