२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

अ+ अ-

काठमाडौँ । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता शपथ गराएका हुन् । 

मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागी हुँदैछ ।

पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागी भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । आफूले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार महिनापछि सरकारमा सहभागी हुने भएको हो ।

अनितालाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । 

तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउँदै २०७९ चैतमा राजीनामा गरेका थिए । मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानी मै राखे पछि जनमत असन्तुष्ट भएको थियो । त्यति बेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो । 

प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पटाउँदा जनमतलाई पुन खानेपानी मै राखेका थिए । त्यसपछि जनमत असन्तुष्ट बनेको थियो ।