२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकोली जङ्गलमा सवारीसाधन ठोक्किँदा बीस जना घाइते, सात गम्भीर

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिका-९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ  सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१,  बा प्र ०३-००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६-००१  प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो  ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।