काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभावी रूपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ ।
काठमाडौँ १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरूप जरिवाना तिराएको हो ।
महानगर प्रहरीका अनुसार फलफूलहरूको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो ।
काठमाडौँ भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लास्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने महानगरले जनाएको छ ।