११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को अवरोध हटाउनेतर्फ प्रतिपक्षी गैर जिम्मेवार भयो : रमेश लेखक

अ+ अ-

महेन्द्रनगर । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनौँसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् । 

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा (एमाले)लाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गए ।

“संसद् खुलाउने विषयमा शीर्ष तहदेखि विभिन्न तहमा वार्ता र संवाद हुँदासमेत संसद्को अवरोध हटाउनेतर्फ प्रतिपक्षी गैर जिम्मेवार भयो”, नेता लेखकले भने, “साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्ने अवस्था छ ।”

उनले संसद् खुलाउन सबैतिर सबैसित वार्ता र संवाद गरिएको बताउँदै संसद् जनताको हितका निम्ति काम गर्ने ठाउँ भएकामा जोड दिए । “लामो समयसम्म संसद्को अवरोधले सरकारले काम गर्न सक्दैन”, लेखकले भने, “कुनै पनि प्रतिपक्षी दलले आफूलाई ठिक नलागेको कुरा ओलोचनात्मकरुपमा राख्न आग्रह गर्दछु ।”

सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको कुरा राम्रो नभएको लेखकको भनाइ छ । त्यसैगरी उनले मुलुक एउटा विशिष्ट राजनीतिक अवस्थामा मुलुक रहेको बताए ।

“एकलौटी बहुमत कुनै पार्टीसँग नहुँदा दुई या दुईभन्दा पार्टी मिलेर सरकार बनाउनुपर्ने स्थिति छ”, उनले भने, “काँग्रेसको सार्थक नेतृत्वमा सरकार बनाएका छौँ ।” उनले अहिलेको गठबन्धन स्थायित्व दिने जिम्मा पनि नेपाली काँग्रेसलाई रहेको बताए ।

“राजनीतिक काँग्रेस राजनीतिक स्थिरताका निम्ति निरन्तरता दिन चाहन्छौँ, यो काँग्रेसको प्रतिबद्धता पनि हो”, उनले भने, “सो विषय अहिले काँग्रेसले आफ्नो दायित्व सम्झेर कार्यान्वयन गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस