२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा नियुक्तिका लागि ९ जनाले दिए आवेदन

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि ९ जना प्राध्यापक/चिकित्सकले आवेदन दिएका छन् । भदौ २६ बाट उपाध्यक्ष श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल पूरा हुँदैछ ।

त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सरकारले नाम सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिले साउन २६ गते गरेको दरखास्त आह्वान गरेको थियो । सो समयमा ९ जनाको आवेदन परेका समितिले जनाएको छ । मन्त्रिपरिषद्ले लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । त्यसमा सरकारले मनोनीत गरेको एक जना विज्ञ प्राध्यापक चिकित्सक र प्रधानमन्त्री कार्यालयका सचिवसदस्य रहने व्यवस्था छ । विज्ञ प्राध्यापकमा नेपाली सेनाको मेडिकल कलेजका प्राध्यापक लोचना श्रेष्ठ नियुक्त भइसकेकी छन् ।

शिक्षा मन्त्रालय उच्च स्रोतका अनुसार दरखास्त दिने अन्तिम दिन शुक्रबारसम्म उपाध्यक्ष गिरीसहित ९ जनाको निवेदन परेको हो । उनलाई ४ वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ति गरेको थियो । उनले समेत पुनः उपाध्यक्ष बन्न निवेदन दिएका छन् ।

काँग्रेस निकट नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको पनि आवेदन परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति संगीता सिंह भण्डारीको पनि आवेदन परेको बताइएको छ । 

त्यस्तै पूर्वस्वास्थ्य सचिव प्रवीण मिश्रले पनि आवेदन दिएका छन् । सिभिल अस्पतालका डाइरेक्टर विधाननिधि पौडेल, ट्रमा सेन्टरको पूर्वडाइरेक्टर प्रमोदकुमार यादव, केएमसी अस्पतालका प्राध्यापक सुमनकुमार श्रेष्ठ, बीएण्डबी अस्पतालका चिकित्सक वीरेन्द्रप्रसाद यादव, वीर अस्पतालका चिकित्सक पीयूष दाहाल र प्राध्यापक डाक्टर सुमनकुमार श्रेष्ठले आवेदन दिएको जनाइएको छ ।