काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वितरक कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
अखाद्य पदार्थ बिक्री गरेको आरोपमा कालिञ्चोक ट्रेडिङ नेपाललाई उक्त जरीविना तिराएको हो ।
पुतलीसडकमा उक्त कम्पनीमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको थियो
सो वितरकबाट गुणस्तरहीन सामान बिक्री भइरहेको र बोतलमा हुने खाद्यान्न राम्रोसँग सिलबन्दी नभएको अनुगमनका क्रममा देखिएको महानगरले जनाएको छ ।
