८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई साथी बनाई नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही फोटो तथा भिडियो पीडितका आफन्तलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रही विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस