२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुन्छ : मन्त्री श्रेष्ठ

अ+ अ-

पाटन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठले प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुने बताएका छन् ।  

सञ्चार रजिस्ट्रारको कार्यालयद्वारा आज ललितपुरमा आयोजित ‘विधागत पत्रकारिता’ पुस्तक विमोचन समारोहमा उनले भने, “नेपालको संविधानबमोजिम बनेका प्रादेशिक संरचनालाई सृजनात्मक र गम्भीर प्रकृतिका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रदेश सरकारले उत्साहित गर्छ । यहाँको उत्पादकीय क्षेत्रमा बागमती प्रदेश सरकारबाट आगामी दिनमा पनि सिर्जनात्मक काम भइरहने छन् ।  प्रादेशिक संरचनाले सिर्जनशील काम गर्दा मात्रै सङ्घीयता बलियो हुन्छ ।” 

मन्त्री श्रेष्ठले प्रकाशित “विधागत पत्रकारिता“ पुस्तकले नेपालको सञ्चार क्षेत्रमा अलग्गै स्थान राख्ने भन्दै जिज्ञासु र उत्सुक पत्रकारहरूका लागि यो महत्त्वपूर्ण हुने बताए । उनले सबै लेखकहरूका लेखक र अनुभवहरूलाई समेटेर १९ वटा विधामा प्रस्तुत सामाग्री महत्त्वपूर्ण भएको बताए । ज्ञान उत्पादनका लागि निरन्तरको मेहनत त धैर्य आवश्यक हुन्छ भन्दै उहाँले पत्रकार ज्ञान उत्पादन गर्ने बौद्धिक श्रमिक हुन् भन्ने धारणा व्यक्त गरे । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाले सञ्चार क्षेत्रको व्यापकताका लागि बागमती प्रदेशमा मन्त्रालय नै छुट्टै हुन आवश्यक हुने बताए । उनले सञ्चार रजिस्ट्रारको कार्यालयले गरेको काम महत्त्वपूर्ण भएको धारणा राखे ।