९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या

अ+ अ-

काठमाडौँ । नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ। 

महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ।

महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा छन्। महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण देखिएको छ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगीका बिरामी भेटिएका छन्।

डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ।

प्रतिक्रिया दिनुहोस