२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठुला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताएका छन् ।

बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उल्लेख गरे । उनले भने, “कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ ।”

दक्षिण एसियाका खासगरी तीव्र विकासमा अघि बढेका भारत र बङ्गलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उनले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराए । सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ आवश्यक रहेको बताए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित नेपाली काँग्रेसका प्रदीपकुमार पौडेल, नेकपा (एमाले) का ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोभिता गौतम तथा संसद्को पूर्वाधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

बङ्गलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसद्भित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । बङ्गलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उद्घाटन गरेका उक्त सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।