२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्व अहिले पनि क्रियाशील छ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन् । जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो । 

तिजको अवसर पारेर पार्टी निकट महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद नभएको पनि बताए । 

ओलीले भने, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसाबले विकास गरिएको होला । अर्को चाडपर्वको रूपमा विकास गरिएको होला । यसको अन्तर्य चाहिँ के हुन्छ, सारतत्व चाहिँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दसैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो । दसैँमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आशीर्वाद लिनै पर्छ । त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरू दसैँमा । सबै जातका, सबै थरका, बाटो बारीका, बाटो पारीका, खोला बारीका, खोला पारीका, डिल बारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान् । यसमा पिर गर्नेहरू पनि छन् अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्त्वहरू पनि छन् । चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुसीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसै गरी आज मनाउँदैछौँ ।’