२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको थियो । कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक गरिएको थियो । उक्र ‘एप’ काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीले बनाएका हुन् । साथै काठमाडौँ बिजनेश क्याम्पसले आफ्नो नयाँ लोगो पनि सो अवसरमा सार्वजनिक गरेको थियो ।

कार्यक्रममा ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा समिर थापाले प्रस्तुति दिएका थिए । पहिलो शत्रमा विभिन्न विषयमा रोजेश सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता योगेश अर्याल र सुमन सापकोटाको प्रस्तुति रहेको थियो । उनले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले यसको विकासमा पछि परेको बताए ।

यसैगरी कार्यक्रममा एसिया प्रोजेक्ट फाउण्डेसनका निर्देशक साजना महर्जन अमात्य, श्रीप्रसाद खनाल र पदमराज पन्तको प्रस्तुति रहेको थियो । यस्तै ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’बारे टोरन्टो विश्वविद्यालयका विज्ञ डा डिल्ली शर्माको प्रस्तुति रहेको थियो । सुबिसु केबल नेटका रामकृष्ण परियार, पंकजकुमार ठाकुर र रमेश पोखरेलको समेत कार्यक्रममा प्रस्तुति रहेको थियो । सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषय पढ्दा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेबारे बुझ्ने मौका मिलेको काठमाडौँ बिजनेश क्याम्पसले विश्वास लिएको छ । क्याम्पसले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो ।