२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो ।

भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो । 

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिवद्धता जनाए । उनले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए । महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढी पहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो । 

भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिवद्धता दोहोराउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्‍याउनुपर्नेमा जोड दिएको थियो । 

नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो । 

0 Comments