२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटबलप्रेमी थिए नेम्वाङ

अ+ अ-

काठमाडौँ । कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, ‘मलाई साह्रै मन पर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु। अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु। जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।’

कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए। सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग पनि ल्याउँथे। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडी हुन्।

२०७८ असारतिरको कुरा हो त्यतिबेला नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा थियो। त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो।

पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ।

घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो बेला सञ्चारकर्मीसँग भनेका थिए, ‘बिहान ८ बजे नै सुखद समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घण्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मक रूपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु।’

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए। इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो। सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाए या भएन त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो। सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन।

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे। पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रियरअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे।

विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए। सञ्चारकर्मीसँगको कुराकारीमा उनी इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउँथे।

काठमाडौँ आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्थे। संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उनीले फुटबल हेर्थे।

विश्व फुटबलमा उनलाई सबैभन्दा मन पर्ने क्लब बार्सिलोना थियो। जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए। दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताउँथे। राति १२र१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनी सुनाउँथे।

कुशल राजनीतिज्ञको छवि बनाएर अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो।

संविधानसभा अध्यक्ष, पूर्व सभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौँमा निधन भएको थियो। इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमाले संसदीय दलको उपनेता थिए। नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रूपमा स्थापित थिए।

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मिएका उनी संविधान र कानूनका ज्ञातासमेत हुन्। राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापित गर्नमा अगुवाइ गर्ने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित भएका थिए । नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ।