२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर फेरि डाउन

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) हुँदा कम्तीमा तीन वटा उडानका सयौँ यात्रुको उडानमा ढिलाइ भइरहेको छ । त्यस्तै, विदेशबाट फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूको विमानस्थलस्थित संस्था ‘बोर्ड अफ एयरलायन्स रेप्रजेन्टेटिभ्स इन नेपाल (बान)’ का एक विदेशी प्रतिनिधिका अनुसार, मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन ।

सर्भर बिग्रिएका कारण अध्यागमनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।

सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको एक अर्का विदेशी वायुसेवाका नेपाली कर्मचारीले बताएका छन् ।