२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ : पूर्वराजदूत आचार्य

अ+ अ-

काठमाडौँ । संविधानविद् एवं पूर्वराजदूत नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् । कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिराएको जस्तो लागेको उनको भनाइ थियो । राजनीतिक दलहरूले संविधानको मर्मलाई अङ्गाल्न नसकेको पनि उनको भनाइ थियो ।

एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ कार्यक्रममा मंगलबार आचार्यले संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘अहिले नेपालको संविधान अप्ठ्यारोमा छ । नेपालको संविधानको अभ्यासले बाटो बिराएको जस्तो छ । नेपालका राजनीतिक पार्टी कतिपयले संविधानको मर्मलाई अङ्गाल्न नसकेको जस्तो छ । अहिले संविधान कार्यान्वयनको संवैधानिक अभ्यासको समीक्षा गरेर कहाँ–कहाँ, के–के अप्ठ्यारो पर्‍यो ? सच्याउनुपर्ने बेला भएको छ । हेर्नुपर्ने बेला भएको छ, ‘उनले भने, ‘८ वर्षको संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा हुनुपर्नेछ ।’

संविधानको समीक्षा गर्ने कार्यमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अमूल्य योगदान दिन सक्थे भन्ने आचार्यको भनाइ थियो । सबै राजनीतिक दलहरूलाई जोड्न सक्ने क्षमता नेम्वाङमा रहेको र त्यसको अभाव खड्किने उनले बताए । ‘सुवास नेम्वाङले सबैलाई जोडन सक्नुहुन्थ्यो । सबैको भनाइलाई एककृत रूपमा एउटा निष्कर्षमा पुर्‍याउन सक्नहुन्थ्यो । त्यो व्यक्तिलाई चाहिँ हामीले गुमायौँ, उनले भने ।

नेम्वाङकै कारण दोस्रो संविधानसभाले नेपालको संविधान निर्माण गर्न सकेको आचार्यको भनाइ थियो । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए । उनले नेम्वाङले अरूको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको स्मरण गरे ।