२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोहम्मद सिराज बने नम्बर १ बलर

अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आइसिसीको एक दिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।

एक दिवसीय बलिङको वरीयतामा सिराजले ८ स्थान सुधार गरेका हुन् । सिराजले एसिया कपमा १० विकेट लिएका थिए । यस्तै श्रीलङ्कासँगको फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा श्रीलङ्का मात्र ५० रनमा आउट भएको थियो । भारतले फाइनल खेल १० विकेटले जितेको थियो ।

सिराज अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका हुन् । हेजलवुड गएको मार्चमा सिराजलाई नै पछि पार्दै एक दिवसीय बलिङ वरीयताको पहिलो नम्बरमा पुगेका थिए । हेजलवुड अहिले दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट छन् ।

यस्तै एक दिवसीय ब्याटिङ वरीयताको पहिलो नम्बरमा बाबर आजम छन् । ब्याटिङको वरीयतामा दोस्रो नम्बरमा भारतका शुभमन गिल र तेस्रो नम्बरमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन छन् ।

एक दिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी १/१ स्थान तल झरेका छन् । नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, सोमपाल ९३ र ललित ९७ औँ स्थानमा छन् ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख, रोहित पौडेल र कुशल भुर्तेल यथावत् स्थानमा छन् । आसिफ ७७, रोहित ८४ र कुशल ९९ औँ स्थानमा छन् ।