२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङको मनमोहक ताल झरना, तर पर्यटकका लागि छैन पूर्वाधार

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ। मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल पानी झर्दा अझ सुन्दरता थपिएको छ।

मनाङ प्रवेश गर्नासाथ एकसाथ बसेको तालगाउँ र झरनाले स्वागत गरिरहेको आभास हुन्छ। तालगाउँको सुन्दरताको रूपमा रहेको दुई झरना जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ।

जोकोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छन्। पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले आकर्षणको केन्द्र बनेको छ। स्थानीय युवासँगै यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ताल गाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिँदैनन्।

नासोँ गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङ पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँ पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउँछन्।

‘यहाँको पर्यटकीय क्षेत्रको रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु’, उनले भने, ‘प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोहीअनुसार काम गर्ने लक्ष्य बनाएका छौँ।’

पिसल्याण्ड होटलका सञ्चालक गुरु गुरुङले यस झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको व्यवसायलाई सहयोग पुग्ने बताए। ‘बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि आन्तरिक पर्यटक आउने गरेका छन्’, उनले भने। आन्तरिक पर्यटक आउँदा पनि होटल व्यवसायीलाई सहयोग पुग्ने उनले बताए।

तालगाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ। यहाँ वर्षभर नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको सङ्ख्या बढ्दै गएको स्थानीय कान्छीमाया गुरुङले बताइन्। ‘यहाँ आइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने गर्छन्’, उनले भनिन्। यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताइन्।

झरनामा रमाउन आउने पर्यटकले तालगाउँको प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयवासीले लिएका छन्।