२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको कर्णाली प्रदेशको नेतृत्व निर्वाचनबाटै चयन हुने, कार्यतालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । आकांक्षीबीच सहमति जुट्न नसकेपछि एमाले कर्णाली प्रदेशको नेतृत्व निर्वाचनबाटै चयन हुने करिब निश्चित छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सर्वसम्मतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएका थिए।

तर कर्णालीको नेतृत्व लिन आकाङ्क्षीको लर्को लागेपछि निर्वाचनबाटै टुङ्गो लगाउनुपर्ने बाध्यतामा एमाले पुगेको हो।

चुनाव हुने भएपछि एमाले कर्णाली प्रदेश निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार भोलि दिउँसो साढे १ बजे मतदान सुरु हुनेछ।

त्यसअघि आज साँझ साढे ५ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति सवा ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक  गर्ने, सवा ९ बजेसम्म दाबीविरोधको उजुरी दिने, उजुरीमाथि छानबिन गरी सवा ११ बजे उम्मेदवारको सूची पुनः सार्वजनिक गर्ने कार्यतालिका छ।

त्यस्तै उम्मेदवारलाई नाम फिर्ताका लागि राति साढे ११ बजेसम्मको समय निर्धारण गरिएको छ भने भोलि बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिने छ।

सुर्खेतस्थित प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयमा मतदानलगत्तै मतगणना सुरु हुने भनिएको छ। निर्वाचनको परिणाम भने आइतबार घोषणा गरिने तालिकामा उल्लेख छ।

प्रदेशको निर्वाचन कमिटीले निर्वाचनका लागि क्लस्टर छुट्याएको छ। प्रदेशको १३० सदस्यीय कमिटी चयन गर्न पाँच क्लस्टर छुट्याइएको छ।

पाँच जना पदाधिकारी, निर्वाचन क्षेत्रबाट चयन हुने ७२ सदस्यमा प्रत्येक निर्वाचन क्षेत्रबाट २ पुरुष र एक महिला हुनुपर्ने व्यवस्था छ। जसअनुसार ४८ पुरुष र २४ महिला सदस्य आउनेछन्।

प्रदेश कमिटीमा १६ सदस्य दलितका लागि छुट्याइएको छ। त्यसमा पनि ९ जना पुरुष ६ महिला निर्वाचित हुनेछन्। 

जनजातिबाट ५ पुरुष र ३ महिला गरी ८ जना निर्वाचित हुने व्यवस्था गरिएको छ। खुलातर्फ २९ सदस्यका लागि १९ पुरुष र १० महिलाको क्लस्टर छुट्याइएको छ भने अल्पसङ्ख्यक समूहबाट एक जना निर्वाचित हुने व्यवस्था गरिएको छ। 

एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा कालीकोटका मिनबहादुर शाहीलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ। उनले शाहीको नाम सर्वसम्मतिले टुङ्ग्याउन निर्देशन दिएका थिए। 

शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्।

यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन्। कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ।