९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कास्की प्रदेशकै उत्कृष्ट

अ+ अ-

कास्की । जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा कास्की पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो ।

प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव डा.विनोदविन्दु शर्मालागयतले पुरस्कृत गरे । त्यसैगरी स्वास्थ्य कार्यालय लमजुङ द्वितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन् ।

यसैगरी अस्पतालमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुन सफल भएको छ । त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्वितीय र धवलागिरि अस्पताल बागलुङ तृतीय भएका थिए । मन्त्रालयले स्थानीय पालिकाको समेत मूल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्वितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठन गरिएको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मूल्याङ्कन प्राविधिक कार्य समूहले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट छनोट गरेको हो ।

प्राविधिक कार्य समूहअन्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यक्रम र नतिजाका आधारमा उत्कृष्ट छनोट गरिएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय छ, स्वास्थ्य कार्यालय ११, अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकाय छन् ।

प्रतिक्रिया दिनुहोस