२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको कार्यकाल ४ वर्ष बनाइने

अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद चार वर्ष बनाउन राजनीतिक दलहरू सहमत भएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिमा उक्त सहमति जुटेको हो ।

आयोगको कार्यकाल पहिले २ वर्ष थियो । सरकारले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि आयोगको कार्यकाल २ वर्ष बनाउन सिफारिस गरेको थियो । संक्रमणकालीन न्यायसम्बन्धी काम टुङ्गोमा पुर्‍याउन गठन भएका दुइटै आयोग करिब १ वर्षदेखि पदाधिकारीविहीनको अवस्थामा रहेका छन् । उपसमितिले मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘विधेयकको दफा ४ मा संशोधन गर्न प्रस्ताव गरिएको मूल ऐनको दफा ६ को उपदफा ९१० मा रहेका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले दुई वर्षको भन्ने शब्दहरूको सट्टा अध्यक्ष तथा सदस्यको पदावधि दफा ३८ को अधीनमा रही नियुक्ति भएको मितिले चार वर्षको भन्ने शब्दहरू राख्ने र सोही उपदफामा देहायको प्रतिबन्धात्मक वाक्यांश थप गर्ने तर आयोगले कार्यावधि समाप्त हुनु भन्दा अगावै शान्ति प्रक्रियाको सम्पन्न भएको घोषणा गरेमा सोही मितिदेखि अध्यक्ष तथा सदस्यको पदावधि समाप्त भएको मानिनेछ ।