काठमाडौँ । श्रीलङ्काको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले श्रीलङ्काका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।
श्रीलङ्काको अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनीले गाँसेको नेपाल-श्रीलङ्का सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा। वाग्लेले बताए । विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा। शम्भु आचार्यको पक्षमा श्रीलङ्कालाई मतदान गर्न पनि डा. वाग्लेले आग्रह गरे ।
नेपालको सरकारी पक्षले आफ्नो उम्मेदवारका लागि दह्रो क्षेत्रीय ‘लबिङ्ग’ नगरेको भन्ने चर्चाकाबीच नेपालका एक जना प्रतिपक्षी सांसदले यसरी मित्रराष्ट्रका राष्ट्राध्यक्षसमक्ष गरिएको आग्रह उल्लेखनीय मानिएको छ । भेटघाटमा श्रीलङ्काली आर्थिक सङ्कटबारे डा. वाग्लेले प्रा.डा. प्रेमचन्द्र आथुकोरालासँग सह-लेखन गरेको आफ्नो प्राज्ञिक शोधपत्रको एक प्रतिपनि हस्तान्तरण गरे ।