१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीमा राजनीतिक सङ्कटको कारक काँग्रेस : मुख्यमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश भए पनि नेपाली काँग्रेसले नचाहेका कारण सङ्कट आइपरेको बताएका छन् ।

बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले काँग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताएका हुन् ।

‘प्रदेशमा मिलिजुली अघि बढ्ने जनमत प्राप्त भयो, सोही अनुसार भरमग्दुर प्रयास गरिरहेका छौँ, तर एउटा कोशिसले मात्र काम गर्दैन रहेछ’, उनले भने, ‘मुलुकको जिम्मेवार पार्टी नेपाली काँग्रेसले सङ्कट समाधान गर्न चाहेन ।’

राजनीतिक स्थायित्वका लागि एमाले र काङ्ग्रेस मिल्नुको विकल्प नरहने बताउँदै उनले काँग्रेसलाई मिल्नका लागि आग्रह गरे । काङ्ग्रेस मिल्न तयार नभए माओवादी केन्द्रसँग पनि मिलेर जान एमाले तयार रहेको कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अन्तिम दिन राजीनामा दिएपछि कोशीमा पुन अर्को सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दिएको समय शुक्रबार सकिदैछ । सत्तारुढ गठबन्धनले शुक्रबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा प्रदेशसभा सदस्यहरूको कीर्ते हस्ताक्षर हुन सक्ने सम्भावना रहेको जिकिर गरे । ‘यस्ता फन्टुसहरुका पनि दिन आउने भए, भोलि नक्कली हस्ताक्षर गरेर ल्याए ४७ भन्दा पनि हुने हो कि भन्ने खालको अवस्था छ’, उनले भने, ‘कुनै प्रयोजनका लागि गरेको हस्ताक्षर लिएर जाने कता कता देखिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस