२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : आरजु राणा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा. राणाले जलवायु परिवर्तनले नेपालको जैविक विविधता मात्र नभई विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन्।

नेपाली काँग्रेसकी नेतृ  डा. राणाले नेपालको वन वनस्पति, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै उनले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ्य उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरिन्।

नेपाल जैविक विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ। हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पति र जीवहरू छन्। जुन विश्वमा उपलब्ध जैविक विविधताको  एक दशमलव तीन प्रतिशत हिस्सा हो।

अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरूको कमजोर कार्यान्वयन, दिगोपनासहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उनको भनाइ छ। उनले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।