काठमाडौँ । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज हङकङ र यूएई खेल्दैछन्।
बिहान ११ बजे बाट खेलसुरु हुनेभएको छ ।
त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा दुवै टोली बीच जितको कडा प्रतिस्पर्धा रहनेछ।
त्यस्तै सिरिजको दोस्रो र तेस्रो खेलमा हङकङ नेपालसँग हार बेहोरेको छ।
नेपाल फाइनलमा पुगिसकेका कारण अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछ।