२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथरमा निशान जात्राको रौनक, २४९ वर्षपछि सेनाको सलामी

अ+ अ-

काठमाडौँ । पाँचथरको याङवरक गाउँपालिका-४ स्थित कालिका मन्दिर परिसरमा लाग्दै आएको निशान जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । यो वर्ष निशान जात्रामा पहिलो पटक नेपाली सेनाले सलामीसमेत अर्पण गरेको छ ।

नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र शाह वंशीय सेना बिच छ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि शाहहरुले सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरूप छोडेका २ वटा निशानसहित तत्कालीन युद्धमा प्रयोग भएका हातहतियार छोडेर गएका थिए । त्यही हातहतियार तथा निशानलाई दसैँको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ ।

१८३१ साल देखि शुरु भएको निशान प्रदर्शनीमा नेपाली सेनाको रणशेर गणले पहिलो पटक सम्मानसहित सलामी अर्पण गरेको हो । सलामी अर्पणका क्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौँका संख्यामा सर्वसाधारण उपस्थित थिए ।

पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकीकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्त्विक हतियार र निशान प्रदर्शन गर्दै विशेष ढङ्गले प्रस्तुत गरिने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ ।

निशानलाई वर्षको ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरूको घरमा राखिन्छ । निशान प्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि सेनाको सलामी सहित सम्मान गर्ने परम्पराको थालनी गरिएको स्थानीय आयोजकले जनाएको छ । निशान प्रदर्शनको जिम्मेवारी याङवरक गाउँपालिकाको ४ नम्बर वडाले लिएको वडाध्यक्ष सबिन माबोले जानकारी दिए ।

निशान जात्राका अवसरमा यहाँको काली मन्दिरमा ठूलो संख्यामा बोका र राँगाको बलि पनि दिइन्छ । निशानको पूजा र दर्शन गर्दा मनोकाङ्क्षा पुरा हुने स्थानीयको विश्वास छ ।

निशान जात्राको अवलोकन गर्नुका साथै यहाँ गएर भाकल गर्दा चिताएको काम पुरा हुने र शक्ति प्राप्त हुने विश्वासमा महानवमीका दिन पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह«थुम र भारतको सिक्किम र दार्जिलिङबाट पनि दर्शनार्थी आएका थिए ।

धार्मिक ऐतिहासिक र पुरातात्त्विक महत्वको यी दुवै निशान र हतियार हालसम्म जिम्मावालहरूकै घरमा राखिँदै आएकोमा अब भने सङ्ग्रहालय बनाएर एकीकृत गर्ने तयारी थालिएको छ ।