२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासले गर्‍यो थप दुई बन्धकलाई रिहा

अ+ अ-

तेल अभिभ । इजरायल-हमासबीच जारी युद्धका बीच लडाकु समूह हमासले मङ्गलवार थप दुई बन्धकलाई रिहा गरेको दी टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज छन् ।

मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकोप्टर तेल अभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण गरेको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै मेडिकल सेन्टरमा पुर्‍याइएका दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।

नर्सका अनुसार दुवै बन्धकको आफ्नो परिवारसँग भावनात्मक पुनर्मिलन भयो । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुनसक्छ ।

यसअघि, हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो । जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यलाई सुम्पँदै गरेको देखाइएको थियो ।

भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात समातेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीले उनीहरूलाई नास्ता र पेयपदार्थ पनि दिइरहेका हुन्छन् । दी टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकीको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै २०० जना बन्धक रहेको बताइएको छ ।

सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ ।