८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनकपुर-अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन् ।

आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरे। 

“विगत दुई तीन वर्षदेखि माता जानकीको जन्मस्थल जनकपुर र श्रीराम जन्मस्थल भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको थियो । मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एअर सातामा तीन दिन हवाई उडान भर्न तयार रहेको छ”, प्रतिनिधि सभा सदस्यसमेत रहेका निधिले भने, “अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरुरी छ । यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।”

अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा (समुद्घाटन) गर्ने कार्यक्रम रहेको र  तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए । 

यस कार्यले जनकपुरमात्र नभई सिङ्गो नेपालले नै आर्थिक लाभ लिन सक्ने र जसले देशको समृद्धि र गरिबी निवारणको यात्रामा कोसेढुङ्गाको काम गर्ने नेता निधिको भनाइ थियो ।  

त्यसैगरी, उनले सीता जन्मभूमि जनकपुरधाम र सती माताको भूमि कैलाश मानसरोवरलाई जोड्न नयाँ सम्भावनाको खोजी र त्यसको प्रचारप्रसार पनि जरुरी रहेको धारणा राखे। उनले नेपालकै भूमिबाट कैलाश मानसरोवर पुग्न सक्ने बाटो निर्माणका लागि पनि सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस