काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको जनाएको छ ।
शङ्घाईमा बस्दै आएका पूर्व प्रधानमन्त्री खछ्याङ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा थिए ।
पेकिङ विश्वविद्यालयमा पूर्व प्रधानमन्त्री खछ्याङले अध्ययन गरेका थिए ।







