२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा दशैँमा मात्रै करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन

अ+ अ-

काठमाडौँ । दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । 

गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।, 

कार्यालयका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटरसाइकल चलाउनेहरू कारबाहीमा परेको दाङ प्रहरी प्रमुख किरण प्रकाश मल्लले जानकारी दिए 

मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैयाँ, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।