२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिपिएल क्रिकेटको खेल तालिका सार्वजनिक

अ+ अ-

बैतडी । बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि  सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल)  को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । 

सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ । चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् । 

प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । प्रथम हुने टिमले रु. एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

द्वितीय हुने टिमले रु. ५५ हजार पाँच सय ५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

म्यान आफ द सिरिज अन्तर्गत २२ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र, वेस्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।