१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई प्रमाणका रुपमा मान्यता दिने

अ+ अ-

काठमाडौँ । नागरिक एपमा अट्याच भएको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)लाई प्रमाणका रुपमा मान्यता दिन थालिएको छ । ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै देखाएको ड्राइभिङ लाइसेन्सलाई मान्यता दिन थालिएको हो ।

यो सेवा देशैभर लागू भएको नागरिक एप हेल्प डेस्कले जनाएको छ । नागरिक एपले भनेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ ।’

सक्कल लाइसेन्स नबोकेको अवस्थामा ड्राइभिङ लाइसेन्स लिएको प्रमाणका रुपमा देखाउनका लागि मात्रै नागरिक एपमा भएको आफ्नो लाइसेन्स देखाउन मिल्नेछ । तर, ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा भने सक्कल लाइसेन्स नै आवश्यक पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले भने, ‘सामान्य अवस्थामा ड्राइभिङ लाइसेन्स भएको व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्न नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा मान्य हुन्छ । तर, ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा सक्कल ड्राइभिङ लाइसेन्स नै चाहिन्छ ।’

प्रहरी प्रधान कार्यालयले मातहतका ट्राफिक कार्यालयहरूलाई यसबारेमा परिपत्र गरिसकेको केन्द्रको जनाएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले पनि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिङ्क गर्न चालकहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस