२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरूको अधिकार हनन् नहुने गरी देउसी भैलो खेल्नु : जिल्ला प्रशासन कार्यालय काठमाडौँ

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू गर्दा अरूको अधिकार हनन् नहुने गरी गर्न अनुरोध गरेको छ । कार्यालयले यसपटक देउसी भैलो खेल्ने समय सीमा तोकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न गराउनु हुन अनुरोध गरेको हो ।

भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयका प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध छ ।’