२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र र गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु लागिराखेका छन्ः मन्त्री शर्मा 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको लोकतन्त्र, गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिराखेको दाबी गरेकी छन् ।

शनिबार ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका होनहार व्यक्तित्वहरूले सहदातप्राप्त गरेर ल्याएको व्यवस्था लोकतन्त्र र गणतन्त्रप्रति प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको दाबी गरेकी हुन् ।

उनले भनिन्, ‘यत्रो बलिदान गर्‍यौँ । कीर्तिपुरसहित देशभरका होनहार व्यक्तित्वहरूले सहदात प्राप्त गरेर व्यवस्था प्राप्त गर्‍यौँ । त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरि पनि यहाँ प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिराखेको हामीले देखिरहेका छौँ ।’

मन्त्री शर्माले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति र दलहरुले यो व्यवस्थालाई उल्ट्याउने र हिजै ठिक थियो कि भन्ने जस्तो भाव सिर्जना गर्ने ढङ्गले विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्दै जनताको बीचमा गइरहेको बताइन् । 

उनले भनिन्, ‘जसले हिजोको निरंकुशता भोगेन, उनीहरु आज बरु विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्ने ढङ्गले जनताबीच गइरहेको बेलामा कीर्तिपुरवासीको हिजोको ऊर्जा प्रगति, लोकतन्त्र र गणतन्त्रको पक्षमा फेरि आवश्यक भएको छ । देशव्यापी रुपमा उठ्नुपर्ने आवश्यकता भएको छ ।’