११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

अ+ अ-

पथरी (मोरङ) । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने । उनले भने ‘कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ‘

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका छन् ।

कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराए। उनले भने “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”

नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गरे ।

कार्यक्रममा मोरङ क्षेत्र ३ ९१०का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर अजय श्रेष्ठसमेतको उपस्थिति थियो । गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले वडाका गतिविधिबारे जानकारी दिएका थिए ।

सो भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवङ्गत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गरेका छन् । उक्त भवन जिपी बिल्डर्स कम्पनीले रु एक करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । दुई तले भवनको विस्तृत आयोजना प्रतिवेदन रु सात करोडको तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस