२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराबको प्रदर्शन रोक्ने निर्देशक र निर्माताको घोषणा 

अ+ अ-

काठमाडौँ । विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले दिमाग खराब चलचित्रको प्रदर्शनी रोक्ने घोषणा गरेका छन्।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन्। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।

‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराब संसारभर चलिरहेको छ। दर्शकहरूको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खरावप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरू बढिरहनुभएको छ। हामीलाई त्यो कुराले अझै जिम्मेवार बनाएको छ। र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौँ, तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ। विदेशी चलचित्रलाई बिनातर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा भनिएको छ।

पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुने विज्ञप्तिमा बताइएको छ। तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रशित शेयर बाँडिने पनि बताइएको छ।

‘यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ। हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाँडफाँट हुँदैन। तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौँ। समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौँ नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरूलाई देखाउने छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।