काठमाडौँ । चार देशीय महिला टी-२० क्रिकेट शृङ्खलामा नेपालले आज जापानसँग खेल्दैछ ।
हङकङमा नेपाली समय अनुसार खेल बिहान सवा ७ बजे शुरु हुनेछ ।
नेपालले समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा तान्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित नेपालको फाइनल खेल्ने सम्भावना यसअघि नै सकिएको छ ।
भोलि नेपालले तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।